सर्वोच्चमा मुद्दा परेपछि जसपाका दुवै पक्षबीच आरोप प्रत्यारोप (भिडियो) – Nepal Press

सर्वोच्चमा मुद्दा परेपछि जसपाका दुवै पक्षबीच आरोप प्रत्यारोप (भिडियो)

काठमाडौं । निर्वाचन आयोगले पार्टीको वहुमत सनाखत गर्न दुवै पक्षलाई साउन ११ गते बोलाएको बेला जसपाका दुवै पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

शनिवार जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका अलग अलग बैठक बसेका छन् । यादव पक्षले निर्वाचन आयोगले निर्णय नगर्दै ठाकुर पक्ष अदालत गएकोमा आपत्ति जनाएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको यादव पक्षको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि अदालतमा रिट दायर भएकोमा आपत्ति जनाएको हो ।

उता महन्थ ठाकुर पक्षले पार्टीको आधिकारिकताको विषयमा सर्वोच्च अदालतले गर्ने फैसला मान्य हुने स्पष्ट पारेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालयमा बसेको आफू पक्षीय केन्द्रिय कार्यकारिणी समितिको अनौंपचारिक बैठकमा नेताहरुले सर्वोच्च अदालतको फैसला मानेर जाने बताएका हुन् ।

जनता समाजवादी पार्टीको विवाद विरुपणका लागि निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगको उक्त निर्णय विरुद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दिएको छ ।

सो सम्बन्धमा अदालतले दिने फैसला मानेर अघि बढने विषयमा बैठकमा छलफल गरिएको नेता केशव झाले जानकारी दिए । महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले आधिकारिकताको विषयमा अन्यौलता खडा गरेर राजनीतिलाई नै विकृत बनाउने काम भईरहेको टिप्पणी पनि गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर