कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, भौतिक उपस्थितीमै परीक्षा संचालन हुने – Nepal Press

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, भौतिक उपस्थितीमै परीक्षा संचालन हुने

काठमाडौं । यसवर्षको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तदेखि सुरु हुने भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सामाजिक मापदण्ड पालना गर्दै परीक्षा संचालन गर्न अनुमति दिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालन गर्न लागेको हो ।

विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा संचालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने जनाइएको छ । बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले साउनको अन्तिमबाट परीक्षा लिइने जनाए ।

केही दिनमै बोर्डको बैठक बसेर परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ । कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।

सीसीएमसीकै अनुमतिमा त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र द्धितीय वर्षको परीक्षा संचालन सुरु हुने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *