जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदै – Nepal Press

जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदै

काठमाडौं । ब्लु ओरिजिनका फाउन्डर तथा प्रसिद्ध बिलियोनेयर जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदैछन् । उनकै कम्पनी ब्लु ओरिजिनले बनाएको नयाँ शेफर्ड रकेटमा पहिलो पटक मानिस बोकेर अन्तरिक्षमा जाँदैछन् ।

‘हामी तयार छौं । रकेट पनि तयार छ,’ अमेजनका पूर्व सीईओसमेत रहेका बेसोसले रकेटको ट्रेनिङ क्यापसुल भित्रबाट सोमबार फक्ससँग भनेका थिए ।

उनले भने– ‘यो टिम पनि रमाइलो छ, म एकदमै रमाइलो महसुस गरिरहेको छु । मेरा साथीहरूलाई पनि रमाइलो भइरहेको छ भन्ने मलाई लाग्छ ।’

बेसोससँगै अन्य तीन यात्रु पनि उनीसँगै त्यसै रकेटमा हुनेछन् । ११ मिनेटको अन्तरिक्ष यात्रामा जाने उक्त रकेट शुक्रबार नै टेक्सास पुर्‍याएर लञ्च गर्ने तयारी भइरहेको छ ।

बेसोससँगै १८ वर्षीय ओलिभर डाइमेन हुनेछन् । अक्सनमा २८ मिलियन डलरमा टिकट जितेका विजेताले आफू व्यस्त रहेको बताएसँगै ओलिभरले मौका पाएका हुन् । त्यस्तै, ८२ वर्षीय एभिएसन पायोनेर वाली फङ्क र बेसोसका दाजु मार्क बेसोस पनि रकेटमा हुनेछन् ।

ओलिभर विश्वकै सबैभन्दा कम उमेरका अन्तरिक्ष यात्री बन्ने छन् भने फङ्कले सबैभन्दा बढी उमेरको कीर्तिमान बनाउने छिन् ।

गत सोमबार फेडेरल एभिएसन एड्मिस्ट्रेसन अफ अमेरिकाले ब्लु ओरिजिनले बनाएको नयाँ शेफर्डलाई उडान अनुमति र लाइसेन्स दिएसँगै आज बेसोस अन्तरिक्ष यात्रामा निस्किन लागेका हुन् ।

मंगलबार अमेरिकाको टेक्सासस्थित भान होर्न नजिकैबाट ‘न्यू शेफर्ड रकेट लञ्च हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर