नेप्से : दोहोरो अंकले वृद्धि, कारोबार साढे ५ अर्बमा सीमित – Nepal Press

नेप्से : दोहोरो अंकले वृद्धि, कारोबार साढे ५ अर्बमा सीमित

काठमाडौं । आज नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०४ विन्दुमा रोकिएको छ ।

आज १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेचमा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार रकम हिजोको भन्दा करिब साढे चार अर्बले घट्न पुगेको छ । हिजो करिब १० अर्बको कारोबार भएको थियो । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।

सबैभन्दा धेरै नेपाल बैंकको ४५ करोड कारोबार भयो । त्यस्तै जीवन बीमा समूहबाहेक अन्य सबै समूहका परिसूचकमा हरियाली छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर