मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छाैं : काठमाडौं महानगर (भिडियो) – Nepal Press

मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छाैं : काठमाडौं महानगर (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद्का व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ ।

सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए ।

नदिमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको बताए । बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए ।

आवश्यक जनशक्ति र र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको महानगरले जनाएको छ । धोविखोला, बल्खु खोला, बागमती, विष्णुमति नदीका किनारहरुमा डुवानहुने कुरालाई ध्यान दिदैँ त्यहाँ विपत प्रतिकार्यका काम शुरु गरिएको पनि उनी बताउँछन् ।

उनले भने,‘नदी सरसफाइको कार्यहरु केही ठाउँहरुमा गरेको छ र कति ठाउँहरुमा लोकल र वडाहरुबाट पनि सिफारिसहरु आउँछ यो नदी सफा गरिदिनु प¥यो डुबान हुन्छ भनेर । हामीले कहिँपनि डुबान भएछ, पानि भरिइरहेको छ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ । जनशक्तिमा हाम्रो नगरप्रहरीहरु पनि छन् र दमकल पनि चालु हालतमा छ । हाम्रो गाडी, म्यानपावर, इक्युपमेन्टहरु पनि तयारी हालतमा राखेका छौँ ।’

उनले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । ¥यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनको भनाइ छ । रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरु र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर