राष्ट्र बैंकसँग उद्योग वाणिज्य संघको मागः कर्जाको पुनर्तालिकीकरण गरियोस् – Nepal Press

राष्ट्र बैंकसँग उद्योग वाणिज्य संघको मागः कर्जाको पुनर्तालिकीकरण गरियोस्

रुपन्देही । उद्योग वाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यवसायीको कर्जा पुनर्संरचना एवम् पुनर्तालिकीरण गरी मौद्रिक नीतिमा समेट्न राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

संघले राष्ट्र बैंकलाई गत वैशाख १६ गतेदेखि ६ महिनाको ब्याज पुनर्संरचना एवम् पुनर्तालिकीरण गर्न सुझाव दिएको हो ।

राष्ट्र बैंकले साउनको पहिलो साता ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहँदा संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सुदीप फुयाँलमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पठाइएको अध्यक्ष उज्जवल कसजूले जानकारी दिए ।

कसजूले गतवर्ष करिब ४ महिनाको बन्दाबन्दी र अहिलेको करिब २ महिनाको निषेधाज्ञाले व्यावसायिक क्षेत्रमा नराम्रो प्रभाव परेको भन्दै व्यवसाय बचाउने गरी मौद्रिक नीति तर्जुमा गर्न आग्रह गरे । कार्यालय प्रमुख फुयाँलले प्राप्त सुझावहरु समय सान्दर्भिक रहेको र तत्कालै नेपाल राष्ट्र बैंकमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै कोरोना प्रभावित व्यवसायको नकारात्मक वित्तीय अवस्थाका कारण कर्जा नवीकरणको समस्या रहेको हुँदा व्यवसायको प्रकृति र कोभिडको असरको मूल्यांकन गर्दै कर्जा नवीकरणको व्यवस्था गर्नु पर्ने, पुनःकर्जाको क्षेत्र विस्तार गर्दै क्रमशः प्रभावितको अनुपातमा प्राथमिकता दिन पनि आग्रह गरिएको छ ।

हालको विषम परिस्थितिमा कर्जाको नवीकरण शुल्क, डकुमेन्टेशन शुल्क, कर्जा प्रोसेसिङ् शुल्क नलिन पनि आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *