रामचन्द्र पौडेल पक्षधरको बैठक जारी, महाधिवेशनको रणनीतिमा केन्द्रित – Nepal Press

रामचन्द्र पौडेल पक्षधरको बैठक जारी, महाधिवेशनको रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक शुरू भएको छ ।

वसुन्धारास्थित दियालो फुडल्याण्डमा जारी बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ । महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।

वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापति पदका आकांक्षी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर