आठबीस नगरपालिकाले ल्यायो ४८ करोडको बजेट, दुई भैंसी पाल्ने किसानलाई ३० हजार दिने – Nepal Press

आठबीस नगरपालिकाले ल्यायो ४८ करोडको बजेट, दुई भैंसी पाल्ने किसानलाई ३० हजार दिने

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाले आगामी आर्थक वर्षका लागि ४८ करोड ३१ लाख २७ हजार १०६ रुपैंया बजेट विनियोजन गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख दीपा बोहोराले आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ प्रक्षेपण गरेकी छन् ।

चालुतर्फ २६ करोड ८४ लाख र पुँजीगततर्फ २१ करोड ४७ लाख २७ रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बोहोराले बताइन् ।

त्यस्तै संघीय सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ४८ लाख, संघीय सरकारको बिशेष अनुदान ८३ लाख, संघीय सरकारको राजस्व बाडफाँटमार्फत प्राप्त हुने रकम ८ करोड ९८ लाख ७० हजार र संघीय सरकारको सशर्त अनुदान रकम २२ करोड ३३ लाख रुपैयाँ प्रप्त हुने बजेटमा उल्लेख छ ।

प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान रकम १ करोड १० लाख ३३ हजार ,प्रदेश सरकारको राजस्व बाडफाटबाट प्राप्त हुने रकम ८ लाख २४ हजार १ सय ६ र मौज्जाद ४ करोड गरी बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाले ल्याएको नयाँ बजेटमा श्रीमती गुमाएका एकल पुरुषहरुका लागि स्वास्थ्य उपचार तथा व्यक्तिगत सरसफाई गर्न विदुरभत्ताको व्यवस्था गरिने नीति लिइने उनको भनाइ छ ।

त्यस्तै नगरपालिकाले दुई वटा भैंसी पाल्ने र १० वटासम्म बाख्रापालन गर्ने कृषकलाई ३० हजार अनुदान दिने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *