जी-सेभेन बैठकले आज महामारीविरुद्ध संयुक्त घोषणापत्र सार्वजनिक गर्ने – Nepal Press

जी-सेभेन बैठकले आज महामारीविरुद्ध संयुक्त घोषणापत्र सार्वजनिक गर्ने

लन्डन । ठूला सात धनी राष्ट्रहरुको समूह जी-सेभेनका नेताहरुको बैठक आज दोस्रो दिन पनि इङल्यान्डको कर्नवालमा बस्दैछ ।

कोरोनाभाइरस महामारीजस्ता विपतलाई भविष्यमा आउन नदिने गरि एकजुट हुने घोषणापत्रमा सातैजना नेताले हस्ताक्षर गर्ने कार्यक्रम छ । साथै, उनीहरुले आउने वर्षभित्र १ बिलियन डोज खोप वितरण गर्ने पनि जनाएका छन् ।

उनीहरुले उक्त घोषणापत्रलाई कार्बिस बे डिक्लेरेसन नाम दिएका छन् । महामारीबाट भविष्यमा थप मानवीय र आर्थिक क्षति नहोस् भन्नेतर्फ घोषणापत्र केन्द्रित हुने जनाइएको छ ।

दोस्रो दिनको सम्मेलनमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेस, विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोससहितका अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि पनि सहभागि हुने कार्यक्रम छ ।

जी-सेभेनका नेताहरुले हिजो बेलायती महारानीले आयोजना गरेको भोजमा सहभागिता जनाएका थिए । बेलायतले होस्ट गरेको सम्मेलनमा अमेरिका, फ्रान्स, इटाली, जर्मनी, क्यानडा, जापान र युरोपेली युनियनका नेताहरु सहभागि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर