भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सहायता प्रदान – Nepal Press

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सहायता प्रदान

काठमाडौं । नेपालको कोभिड महामारीविरुद्ध भारतीय सेनाले उपलब्ध गराएको स्वास्थ्य सामग्री आज नेपाली सेनालाई प्रदान गरिएको छ ।

ती सामग्री भारतीय राजदुत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रदान गरे ।

महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउन भारतीय सेनाले भेन्टिलेटर, आइसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका सामग्री उपलब्ध गराएको हो । सेनापति थापाले भारतलाई सहयोगका लागि धन्यवाद समेत दिए ।

साथै, राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई कोभिड महामारीविरुद्ध १० लिटर क्षमताका २०० थान बायोमेडिकल अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर