निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज खोल्ने तयारी – Nepal Press

निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज खोल्ने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी गरेको छ ।

स्टक एक्सचेन्ज स्थापनाका लागि धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्ययनका लागि अर्थमन्त्रालयलाई पेस गरिएको छ ।

बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनार कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थमन्त्रालयसमेत निजी क्षेत्रको लगानीमा स्टक सक्सचेन्ज खोल्न सकारात्मक रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर