स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता – Nepal Press

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता

काठमाडौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थकेयर सेन्टरमा स्वाथ्य सम्बन्धी उपचारका लागि विशेष छुट दिने सम्झादारी भएको छ । स्वस्तिकको ताल्छिखेल, सातदोबाटो, ललितपुर केन्द्रमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदानगर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृशथापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीमा हस्ताक्षर गरेका हुन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदानगर्दै आइरहेको छ र छिट्टै नै आकस्मिकउपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने छ । स्वास्थ्य प्रति जागरुक नागरिकहरुका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा एक हजार देखि २ हजार ५ सय रुपैयाँसम्मको छुट हुनेछ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपाल भर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *