खानीजन्य निकासीको निर्णय सच्याउन प्रदेश-२ एमाले संसदीय दलका नेताको माग – Nepal Press

खानीजन्य निकासीको निर्णय सच्याउन प्रदेश-२ एमाले संसदीय दलका नेताको माग

जनकपुरधाम । नेकपा एमाले प्रदेश-२ संसदीय दलका नेता शत्रुधन महतोले खानीजन्य पदार्थको निकासी गर्ने आफ्नै संघीय सरकारको निर्णयको विरोध गरेका छन् ।

सोमबार प्रदेशसभा बैठकमा बोल्दै उनले गिट्टी बालुवा उत्खनन गर्ने निर्णय मधेसलाई बर्बाद गर्ने खालको भएको टिप्पणी गरेका हुन् । उनले गिट्टी बालुवा निकासी गर्ने निर्णय नसच्याए जीवन मरणको सवाल बनाउने चेतावनीसमेत दिए ।

‘चुरे संरक्षण अभावले कस्तो पीडा दिएको छ, त्यो हामी उत्तरी भेगका साँसदहरूलाई थाहा छ’, उनले भने, ‘दक्षिण भेगमा पनि उब्जा जग्गामा बालुवा पुरिएर बर्बाद पारिएको छ । तैपनि चुरे बचाउनुको सट्टा सखाप पार्ने योजना बनाउनु दु:खद् हो ।’

उनले राजनीतिक दलहरूले जनता र देशको आवश्यकता बिर्सेर तलदेखि माथिसम्म सत्ताको खेलमा लागेकोमा आपत्ति जनाए । उनले भने, ‘जनता महामारीले आक्रान्त बनेका छन् । नेताहरू गीत गाउन र सत्ता परिवर्तनको खेलमा व्यस्त छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर