जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन् – Nepal Press

जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन्

निशान्त सिंह गुरुङ्ग २०७८ जेठ ७ गते १९:०६
२०७८ जेठ ७ गते १९:०६

ललितपुर । २७ वर्षीया राइना व्यन्जनकार अक्सा नेपालको फाउण्डर हुन् । उनले ८ कक्षामा पढ्दा जर्मन सेफर्ड कुकुर घरमा ल्याएर पालिन् । उनले बुबालाई कुकुर पाल्छु भनेर आग्रह गरेकी थिइन् । उनलाई साथी चाहिएको थियो, खेल्ने र समय बिताउने । आग्रह गरेको एकवर्षपछि घरमा कुकुर ल्याइन् ।

उनी कुकुरसँग खेल्थिन्, समय बिताउँथिन् । कुकुरको नाम थियो अक्सा । अक्सा सधैं गाडीको पहिलो सिटमा बस्थ्यो । ऊ भइन्जेल पहिलो सिटमा अरु कोही बस्दैन थिए । उसका रोजाइ पनि भेराइटिका हुन्थे ।

त्यसबखत अक्सा मात्र नभई बाहिर देखिएका कुकुर देख्दा पनि उनालाई माया लाग्न थाल्यो ।

घरमा भएको कुकुरलाई खुवाउने क्रममा उनी र उनका बा आमाले बाहिरका कुकुरलाई पनि खाना खुवाउन थाले । त्यसलाई निरन्तरता दिएका थिए ।

पछि घरलाई सेल्टर बनाएर उनीहरूले बेवारिसे कुकुरलाई पनि पाल्न थाले । बेवारिसे कुकुरलाई उनीहरूले घरमा सेल्टर दिएर राख्न थाले । अहिले राइनाको घरका ३२ वटा कुकुर छन् । त्यसमा उमेर पुगेका र साना कुकुरहरू उनीहरूसँग छन् । त्यसमध्ये बाँकी बलिया कुकुरलाई भने बाटोमै राखेर खाना खुवाइरहेका छन् ।