एमालेले भन्यो- सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो – Nepal Press

एमालेले भन्यो- सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो

काठमाडौं । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने जनाएको छ ।

स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावनाविपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो ।

बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको बताए ।

ज्ञवालीले भने, हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर