नवलपरासी गोलीकाण्ड : छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन – Nepal Press

नवलपरासी गोलीकाण्ड : छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन

रुपन्देही । बुधबार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृहमन्त्रालयले ‘छानविन समिति’ गठन गरेको छ ।

घटनापछि बुधबार नै बसेको गृहमन्त्रीस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रतापपुरका स्थानीय र सशस्त्र प्रहरीबीच बुधबार झडप हुँदा प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । उनकलाई उपचारका क्रममा बुटवल लैजादै गर्दा मृत्यु भएको थियो ।

छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

समितिलाई जिल्लास्तरबाट सत्य, तथ्य र निष्पक्ष छानबिनका लागि पूर्ण सहयोग रहने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर