विश्व नर्सिङ दिवस

जनताको साथ- नर्सिङ्ग दिवसको उपहार

एउटा युग नै रह्यो जहाँ नर्सको बारेमा कतै कुरा भई रहँदा व्यक्तिपिच्छे नकारात्मक टिप्पणी देखेर काम गर्ने मनोबल र इच्छाशक्ति नै घटेर आउथ्यो।  पोहोर सालको अन्तर्राष्ट्रिय नर्स दिवस पनि यही महामारी कै बिचमा पर्दै गर्दा त्यो दिन र आजको दिनलाई तुलनात्मक रूपमा हेर्न मन लाग्यो।  हिजो, भर्खरै महामारी सुरु हुँदा आफ्नो काम र कर्तव्यको मुल्यांकन पाउन नसकेका, खिन्न मन पारेर बिरामीको उपचारमा खटिएका, विज्ञान नै अनभिज्ञ भएको रोगलाई सिथिल पार्न युद्धमा सुरक्षा विना नै  खटिएका नर्सहरु; आजको दिनमा महामारीको युद्धमा आफूलाई अग्रपङ्तीका सक्षम योद्धा बनाउन सफल भए  बापत जनताबाट पनि धेरै हदसम्म माया र सम्मानको पात्र बन्न पुगेका हौ कि भन्ने महसुस भएको छ।  जनताको साथ  मात्र होइन राज्यले पनि आफूले घोषणा गरे बापतको सेवा सुबिधा एवं स्वास्थ्य सुरक्षाको प्रत्याभूति गरिदिने हो भने हामी अझ उच्च मनोबलका साथ कर्तव्यपथमा लम्किन सक्छन्  भन्ने अठोट छ।

कतिपयको व्यङ्ग्यात्मक आलोचना पनि सुनिन्थे, “तलबमै काम गरेका हुन्, जागिरै खाएका हुन्, कुन ठुलो काम गरे त ?” सानो उदाहरण, महामारी बढेसंगै बिदामा बसेका नर्स विद्यार्थी, जागिर नखाई बसेका नर्सहरुले  आवश्यकताको मनन गरी स्वास्थ्य सेवा पाउन नसकेर घरमै असमाञ्जस्य परेर बसेका कोभिड संक्रमित बिरामीहरुलाई प्रोटोकलमा आधारित परामर्श गरेर मानसिक एवं शारीरिक स्वास्थ्य प्रबर्द्धन गर्ने कार्यमा स्वइच्छा साथ लागेका छन् । यो कदमबाट धेरै व्यक्ति लाभान्वित भै आफूले स्वास्थ्य संकटका बेला दक्ष स्वास्थ्य जनशक्तिको अविभावकत्त्व पाएको अनुभव गरेका छन् । तलब या जागिर कै कुरा गर्ने हो भने त टन्न आय हुनेहरु पनि काम नगरी अहिलेको अवस्थामा घरमै बस्नुपर्ने आवश्यकता छ, जब कि नर्स तथा हरेक स्वास्थ्यकर्मी गाँसै जॊड्न मुस्किल पर्ने तलबका लागि यो संकटमा आफ्नो स्वास्थ्य पनि दाउमा राखेर किन जिम्मेवारी अङ्गाल्न हिड्थे होला र ?

उपचारमा खटिएका नर्सहरुको धेरै मध्य एउटा प्रमुख जिम्मेवारी बिरामीको हेरचाह पनि हो।  एउटी आमाले जसरी हेरचाह गर्नाले आमाको उपमा पाउनु गौरवको कुरा पनि हो ।  त्यो एउटा भावना र सम्मान हो।  तर समाजले हेरचाहको पाटो मात्र नर्सिङ्ग पेशाको अर्थ हो भन्ने अधुरो बुझाइले पेशालाई संकुचित पारेर राखेको छ।

उपचारमा खटिएका नर्सहरुको धेरै मध्य एउटा प्रमुख जिम्मेवारी बिरामीको हेरचाह पनि हो।  एउटी आमाले जसरी हेरचाह गर्नाले आमाको उपमा पाउनु गौरवको कुरा पनि हो ।  त्यो एउटा भावना र सम्मान हो।  तर समाजले हेरचाहको पाटो मात्र नर्सिङ्ग पेशाको अर्थ हो भन्ने अधुरो बुझाइले पेशालाई संकुचित पारेर राखेको छ। अस्पताल र हरेक वार्ड व्यवस्थापन, बिरामी भर्ना, डिस्चार्ज  जस्ता व्यवस्थापकीय पक्ष तथा बिरामीको हरपलको स्वास्थ्य जाँच, स्वास्थ्य अवस्थामा परिवर्तन भएको निदान, उचित औषधी उचित बिरामीलाई उचित समयमा र उचित डोजमा सेवन, ल्याब नमुना संकलन, परामर्श, नर्सिङ्ग केयर लगाएतका स्वास्थ्य सम्बर्द्धनको पाटो मात्र नभई  उपचारात्मक पक्षको पनि अभिन्न पाटो बनेको छ ।

नेपालमा नर्सहरुलाई  निदान र उपचारमा भन्दा बढी  रोकथाम मुलक एवं स्वास्थ्य सम्बर्द्धनात्मक सेवा बढी लगाएको  पाइन्छ । तर यो अवस्थामा केवल ठूला-ठूला अस्पतालमा देख्न पाइन्छ ।  राज्यको स्वास्थ्यको धेरै पाटो गाउँ गाउँमा साना साना स्वास्थ्य संस्था जस्तै सामुदायिक स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य सेवा केन्द्र, बर्थिङ्ग सेन्टर , नगर स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी आदिले पनि धेरै हदसम्म धानेको छ। यी संस्थाहरुमा बिरामीको सामान्य जाँच सँगसँगै गर्भवती तथा सुत्केरी जाँच, सामान्य प्रसुति, पौष्टिक आहारद्वारा कुपोषणको रोकथाम या उपचार, हरेक बच्चाले खोप पाएको सुनिश्चितताको सम्पूर्ण जिम्मेवारी त्यहाँका नर्स, अनमी, स्वास्थ्य स्वयं सेविकाहरुको हातमा रहेको छ। उनीहरुले यस क्षेत्रमा लागेर मातृ तथा युवा बच्चा र नवजात शिशु मृत्युदर घटाउन साथै स्वास्थ्य प्रवर्द्धनमा अहम भूमिका खेलेको देखिन्छ। उपचारात्मक सेवाको जिम्मेवारी एचए तथा सिएमएको हुने भएता पनि आवस्यकता अनुसार नर्स तथा अनमीले पनि उक्त सेवा दिदै आएका छन्।

यी त केवल उदाहरण मात्र हुन्।  विकशित मुलुकहरुमा स्नाकोत्तर गरेका स्पेसिएलाइज्ड नर्सहरुले  Advanced Nurse Practitioner को उपाधि  पाएर सोहि अनुसारको उपचारात्मक सेवा दिन थालिसकेका छन् तर नेपालमा भने नर्सको योग्यता के सम्म हुन्छ भन्ने कुरा नीतिगत तहले पनि पहिचान गरि कार्यन्वयनमा ल्याउन नसक्दा राज्यले त्यस्ता योग्य जनशक्तिको कृत्रिम अभाव व्यहोर्नुपरेको तीतो यथार्थ छ।

काम गर्नका लागि आफ्नो वरिपरि सकारात्मक ऊर्जा नपाएमा जो कोही पनि निरास  हुन्छ ।  अझ भन्नुपर्दा जीवन र मरणको निर्णायक नै बन्नुपर्ने जनशक्तिका लागि शिरमा कुनै ताजभन्दा त्यो सकारात्मक साथ अझै आवश्यक छ ।

हामी नर्सहरु मध्ये पनि धेरैलाई हाम्रो  न्युन तलब हो भन्ने लाग्छ।  तर, जडको समस्या त अरु नै छन् :

१. नीतिगत तहमा पढाइको तह अनुसार नर्सको वर्गिकरण नहुनु ।

२. नर्सको वर्गिकरण अनुसार दरवन्दी सृजना नहुनु ।

३. दरवन्दी अनुसारको लिखित कार्यविवरण नहुनु ।

४. कार्यविवरण अनुसारको श्रमको मुल्याङ्कन नहुनु, पारिश्रमिक नहुनु , श्रम शोषण हुनु ।

५. समयानुकुल पाठ्यक्रम परिमार्जित नहुदा  पढाइको  स्तर खस्किनु ।

६. न्युनतम मापदण्ड पनि पुरा गर्न नसकेका संस्थाबाट नर्स उत्पादन हुनु इत्यादि।

कसैले हकहितका लागि आवाज उठाइदियोस र बल्ल समस्या सुनुवाई  हुन सुरसार होस् भनेर सोच्ने अवस्था मै रहिरहनु भनेको मूलुक अविकशित छ भन्ने एउटा उपमा हो।  विकासको लागि भोको मुलुकले त स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको  उत्थानका लागि मन्त्रालय स्तरबाटै सरोकारवालाहरुको सहभागिता सहित हरेक स्वास्थ्यकर्मी र पेशाको सेवा दिन सक्ने दायरा कत्तिको फराकिलो छ भन्ने कुरामा बृहत बौद्धिक छलफल गोष्ठी, सेमिनार चलाएर राज्यमा स्तरीय स्वास्थ्य नीतिको विकास गर्न जरुरी छ।  अनि महामारी आएपछि बल्ल आफ्नो अस्तित्वको परिचय दिन सक्नु र आफू योग्य हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने मौका पर्खेर बस्नुपर्ने अवस्था दुखद हो। हरेक नर्सको पहिचान, महत्त्व, कर्तव्य र जिम्मेवारी स्वत:स्फुर्त रूपमा सबैका सामु साक्षात्कार हुन जरुरी छ।

अन्त्यमा, काम गर्नका लागि आफ्नो वरिपरि सकारात्मक ऊर्जा नपाएमा जो कोही पनि निरास  हुन्छ ।  अझ भन्नुपर्दा जीवन र मरणको निर्णायक नै बन्नुपर्ने जनशक्तिका लागि शिरमा कुनै ताजभन्दा त्यो सकारात्मक साथ अझै आवश्यक छ । हिजोका दिनमा भन्दा आज धेरै मानिसबाट नर्सिङ्ग पेशाको महत्त्व र योगदानको मुक्तकण्ठले प्रशंसा हुनु पनि एक किसिमको सकारात्मक मुल्याङ्कन र हौसला हो अनि आजको बिशेष दिनका लागि अमूल्य उपहार पनि हो ।

हामी सदैब हाम्रो कर्तव्य र जिम्मेवारीप्रति प्रतिबद्ध थियौँ, छौँ र रहनेछौं । अन्तर्राष्ट्रिय नर्स  दिवस २०२१ को अवसरमा सम्पूर्ण सक्षम नर्सहरुलाई कोभिड-१९ संक्रमण बिरुद्द लडेर सम्पुर्ण देशवासी र आफ्नो स्वास्थ्य रक्षा गर्ने युद्धमा सफलता मिलोस भन्ने कामना !

ऋचा घिमिरे महाराजगञ्ज नर्सिङ क्याम्पसकी स्ववियु कोषाध्यक्ष तथा रजिस्टर्ड नर्स हुन्

 

प्रतिक्रिया

2 thoughts on “जनताको साथ- नर्सिङ्ग दिवसको उपहार

  1. Sarai hridayaspardi lekh. Aasha xa yo covid era sakiyepaxi pani nurse haruko sankalpa, athot ra dridhata ko uchit mulyankan bhairakhos 🙂

  2. Very important explanation of multitadking role of a nurse. It would have been nicer if the long history of advance practice nurse more than 20 years n the role emphasized.
    Keep up writing, gud luck.take care n luv you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *