निषेधाज्ञामा कडाइ गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आग्रह – Nepal Press

निषेधाज्ञामा कडाइ गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रहसहित पत्राचार गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले सरकारले जारी गरेका मापदण्डलाई अझै कडाइ गर्न सीसीएमसीलाई आग्रह गरिएको बताए ।

संक्रमणको जोखिम कम गर्न ती ठाउँमा जारी आदेशलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको समेत उनले जनाए । बुधबारसम्म मुलुकका ७२ जिल्लामा भाइरस रोकथामका लागि प्रशासनले निषेधाज्ञा जारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *