विपक्षी गठबन्धनलाई सहयोग गर्न नमानेका थापालाई जनमोर्चाले दलको नेताबाट हटायो – Nepal Press

विपक्षी गठबन्धनलाई सहयोग गर्न नमानेका थापालाई जनमोर्चाले दलको नेताबाट हटायो

पोखरा । नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने पार्टी नीतिविपरीत लागेको भन्दै राष्ट्रिय जनमोर्चाले दलका नेता कृष्ण थापालाई कारबाही गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज दिउँसो चार बजेसम्मको समय दिएकी छन् ।

थापाले पार्टीको निर्णय मान्न अस्वीकार गरेपछि विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन सकस परिरहेको छ । दल सचेतक पियारी थापाले सभामुख अधिकारीलाई सांसद थापालाई दलको नेताबाट हटाएको जानकारी गराइसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर