कोरोनाबाट थप २२५ जनाको मृत्यु, ५ हजार २२५ निको भए – Nepal Press

कोरोनाबाट थप २२५ जनाको मृत्यु, ५ हजार २२५ निको भए

९ हजार ४८३ संक्रमित थपिए

काठमाडौं । कोरोनाभाइरस संक्रमणको कारण थप २२५ जनाको मृत्यु भएको छ ।

सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो । 

पछिल्लो २४ घण्टामा ९ हजार ४८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३१६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् । 

कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर