आज थप १२ जिल्लामा निषेधाज्ञा, ७ जिल्ला पुर्ण रुपमा बन्द, ५ जिल्ला आंशिक (सूचीसहित) – Nepal Press

आज थप १२ जिल्लामा निषेधाज्ञा, ७ जिल्ला पुर्ण रुपमा बन्द, ५ जिल्ला आंशिक (सूचीसहित)

काठमाडौं । शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप १२ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयको विवरण अनुसार १२ जिल्लामध्ये ७ जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा जारी भएको हो भने ५ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको हो ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बझाङ, कपिलबस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । उनका अनुसार मकवानपुर, कालिकोट, स्याङजा, रामेछाप र ताप्लेजुङमा आंशिक रुपमा निषेधाज्ञा जारी भएको हो ।

गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर