नेपाल वायुसेवामा क्यूआर स्क्यानबाट टिकट भुक्तानी गर्न सकिने – Nepal Press

नेपाल वायुसेवामा क्यूआर स्क्यानबाट टिकट भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमको हवाई टिकटको पैसा क्यूआर स्क्यानबाट भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गरेका हुन् ।

कार्यक्रममा निगमका महाप्रवन्धकले निगमले आगामी दिनमा थप अत्याधुनिक सेवा जोड्दै जाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर