मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर – Nepal Press

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर

पोखरा । गण्डकी प्रदेशका एमाले सांसद रोशन गाहामगरले सत्ताको निम्ति लालची बनेर यति छिट्टै अविश्वासको कदम चाल्न आवश्यक नरहेको बताएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेसभएपछि प्रदेशसभामा बोल्दै सांसद मगरले जनताको उन्नति देख्न नसकेर प्रस्ताव दर्ज गरिएको दावी गरे ।

मगरले आफूहरू जनताको मनबाट आएका जनप्रतिनिधि भएको भन्दै अविश्वास प्रस्तावले जनतालाई भ्रम पार्ने कम भइरहेको बताए ।

‘प्रतिगमनको नामबाट जनतालाई भ्रमित बनाउने खेलहरू भइरहेको छ । जनताको कामका निम्ति अग्रसर भएर उभिनुपर्ने जरुरी छ’, उनले भने ।

अविश्वास प्रस्ताव जनताबाट नआई सत्ताको लालचबाट आएको मगरको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर