निषेधाज्ञा लगाउने निर्णय मन्त्रिपरिषद् बैठकपछि मात्र, वैशाख १६ देखि २२ सम्मको प्रस्ताव – Nepal Press

निषेधाज्ञा लगाउने निर्णय मन्त्रिपरिषद् बैठकपछि मात्र, वैशाख १६ देखि २२ सम्मको प्रस्ताव

काठमाडौं । राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि हुने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने प्रस्ताव भए पनि मन्त्रिपरिषदको बैठकमा के निर्णय आउछ भन्ने पर्खिएको बताए । मन्त्रिपरिषद बैठक साँझ ५ बजे बस्दैछ ।

निषेधाज्ञा लगाइएपछि सार्वजनिक तथा निजी गाडीहरु बन्द हुनेछन् भने बजार, कलकारखानालगायत आमरूपमा सबै जनजीवन ठप्प हुनेछ । कोभिडको दोस्रो भेरियन्टका जोखिम नियन्त्रणबाहिर जान लागेपछि निषेधाज्ञाको निर्णय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर