मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा – Nepal Press
लुम्बिनी प्रदेश

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

दाङ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ ।

प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेल त्यसको सामना गर्नेबारे छलफलमा जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर