महोत्तरीको औरहीमा गोली चल्यो, एक जना घाइते – Nepal Press

महोत्तरीको औरहीमा गोली चल्यो, एक जना घाइते

जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली लागेर बर्दिबास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएका छन् ।

औरही नगरपालिका ६ बैरियामा बुधबार साँझ साढे ७ बजे उनीमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

कोखा र हातमा गोली लागेर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न नसकेको एसपी आचार्यले जानकारी दिए । उनका अनुसार घटना विषयमा अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय महोत्तरीमा अपराधिक घटना ह्वात्तै बढेको छ । यसअघि महोत्तरी पिपराका मुसाफिर झा र उनका पत्नी गितादेवीको अपहरण पछि हत्या गरिएको थियो ।

मंगलवार मात्रै भंगहा नगरपालिकाकी ७ जना वालिका-किशोरीलाई मानव तस्करले भारत लगिरहेको बेला सितामढी प्रहरीले उद्दार गरेको थियो । एकपछि अर्को अपराधिक घटना हुन थालेपछि महोत्तरीमा भयको वातावरण बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर