भारतबाट उद्दार गरिएका सातै वालिका–किशोरीलाई परिवारको जिम्मा लगाइयो – Nepal Press

भारतबाट उद्दार गरिएका सातै वालिका–किशोरीलाई परिवारको जिम्मा लगाइयो

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका–किशोरीलाई भारतको सितामढीबाट सकुशल उद्धार गरी बुधवार राति परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार विहान घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए ।

खोजीका क्रममा उनीहरुलाई बुधबार दिउँसोमात्र भारतको सितामढीबाट प्रहरीले उद्धार गरेको थियो । आवश्यक प्रक्रिया पुर्‍याएर प्रहरीले उनीहरुलाई बुधवार साँझ नेपाल ल्याएको हो । जिल्ला प्रहरी कार्यालय जलेश्वरमा उनीहरुसँग आवश्यक सोधपुर गरी घर लगेर परिवारको जिम्मा लगाएको महोत्तरीक प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई कसले भारत लग्दै थिए भन्ने विषयमा केहि खुल्न सकेका छैन । अनुसन्धान जारी छ । दलालले नै उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पर्‍याएको हुनसक्ने एसपी आचार्यको अनुमान । उद्धारपछि ती बालिका-किशोरीहरुले आफूहरु गायिका बन्न भारत आएको वयान दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *