वुल्भ्सको कठिन जित – Nepal Press

वुल्भ्सको कठिन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको २५औं हप्ताको पहिलो खेलमा शुक्रबार राति वुल्भ्सले लिड्स युनाइटेडलाई १-० गोलको नतिजामा पराजित गरेको छ ।

वुल्भ्सको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको ६४औं मिनेटमा लिड्सका गोलकिपर इलान मेस्लियरले आत्मघाती गोल गरेसँगै घरेलु टोलीले अग्रता लिएको थियो ।

वुल्भ्सका स्पेनिस खेलाडी आड्मा ट्राओरेले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबारमा ठोकिएर मेस्लियरको ढाडमा लागेर गोलमा परिणत भएको थियो ।

बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसक्दा सोही गोल निर्णायक बन्यो । जितसँगै २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स तालिकाको ११औं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिड्स ३२ अंकसहित लिग तालिकाको १२औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर