ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँट, तीन लाखभन्दा बढीको हातमा शेयर – Nepal Press

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँट, तीन लाखभन्दा बढीको हातमा शेयर

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरले शुक्रबार आईपीओ  बाँडफाँट गरको छ । कम्पनीले सर्बसाधरणका लागि जारी गरेको आईपीओ आज बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्याक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको छ ।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। कम्पनीले बिक्रीमा ल्याएको आईपीओको यो ६.९८ गुणा धेरै हो।

बिक्री प्रबन्धकका रुपमा रहेको बिओके क्यापिटलले आईपीओ बाँडफाँट गरको हो ।

माघ २३ गते कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाले नकिनेको शेयर १६ लाख ८६ हजार ४०० कित्ता शेयर गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर