दिनेशले भागरथी हत्याको आरोप स्वीकारिसके: प्रहरी – Nepal Press

दिनेशले भागरथी हत्याको आरोप स्वीकारिसके: प्रहरी

काठमाडौं । बैतडीकी चेली भागरथी भट्टको हत्याकाे आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।

दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने ।

१६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्न सक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

घटनास्थल जाँच सोधपुछको क्रममा निजले दिएको बयान, निजको टेक्निकल अनुसन्धान गर्दा देखिएको लोकेसन सबैको आधारमा साविती कुराहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर