प्रचण्ड छाडेर ओलीतिर लागे चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष भण्डारी – Nepal Press

प्रचण्ड छाडेर ओलीतिर लागे चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष भण्डारी

काठमाडौं । द्वन्द्वकालदेखि प्रचण्ड निकट रहेर काम गरेका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं फिल्म लेखक गणेश भण्डारी नेकपाको ओली समूहतर्फ लागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर उनले आफू पार्टी प्रवेश गरेको जानकारी दिए । उनले फेसबुकमा आइ लभ यू ओली बा भनेर ओलीसहितको तस्विर पोस्ट गरेका छन् ।

उनी मे २०११ देखि १२ अक्टोबरसम्म तत्कालिन माओवादीको कोटाबाट बोर्डको अध्यक्ष भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा पनि उनी सँगै थिए । उनले लामो समय माओवादी सांस्कृतिक विभागमा रहेर काम गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *