ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आवेदन दिने अन्तिम मिति आज – Nepal Press

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आवेदन दिने अन्तिम मिति आज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले आईपीओ आवेदन दिने अन्तिम मिति आज रहेको छ।

आईपीओ माघ २३ गते खुला भइ छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बन्द हुने भनिएको भएपनि सोमबारसम्ममा आवेदनको चार गुण बढी  परेपछि मंगलबारै आइपीओ बन्द हुन लागेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै निष्कासन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रह र सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलार्ई माघ २७ गते आज बैंकिङ्ग समय पश्चात आवेदन बन्द गर्न निर्देशन दिएको हो ।

कम्पनीले ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।  ग्रीनफाइफ हाइड्रोपावर २०७४ असारदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन २०६३ र विद्युत् ऐन २०४९ अन्तर्गत कामरकारोबार गर्दै आइरहेको छ ।

४० हजार किलोवाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ हजार किलोवाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ हजार किलोवाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । शेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर