विप्लवको बन्द: प्रभाव न्यून – Nepal Press

विप्लवको बन्द: प्रभाव न्यून

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव देखिएको छैन ।

काठमाडौंलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् । सवारीसाधनको आवागमनमा पनि खासै प्रभाव परेको छैन । यद्यपि, अघिपछि भन्दा केही कम सवारीसाधन गुडेका छन् ।

काभ्रेपलान्चोकको बनेपामा बम भेटिएपछि भने त्रास बढेको छ । र, त्यहाँको बजार र सवारीसाधनसँगै नागरिकको दैनिकी प्रभावित भएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर