ओलीलाई तनहुँमा आफूसँग चुनाव लड्न रामचन्द्रको चुनौती – Nepal Press

ओलीलाई तनहुँमा आफूसँग चुनाव लड्न रामचन्द्रको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।

पौडेलले भने– मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेदवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छु ।

ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउन आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

पौडेल २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्यमा हालै मनोनीत भएका छन् ।

 


प्रतिक्रिया

One thought on “ओलीलाई तनहुँमा आफूसँग चुनाव लड्न रामचन्द्रको चुनौती

Leave a Reply to Sudarshan thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर