किरणले बराबरी गरे विराजको कीर्तिमान – Nepal Press

किरणले बराबरी गरे विराजको कीर्तिमान

काठमाडौं । भारतविरुद्ध दशरथ रंगशालामा शुरू भएको मैत्रीपूर्ण खेलमा शुरूआत गरेसँगै नेपालका कप्तान किरण चेम्जोङले विराज महर्जनसँग सर्वाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान बराबरी गरेका छन् । वैशाखमा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा केही मिनेट खेलेर राष्ट्रिय टोलीबाट बिदा भएका विराजले ७३ खेलको कीर्तिमान बनाएका थिए ।

उनको त्यो कीर्तिमानसँग वर्तमान कप्तान किरणले बराबरी गरेका हुन् । लामो समय नेपालको कप्तानी गरेका राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान भंग गरेर ७३ पुर्‍याएका थिए ।

सन् २००८ मा एएफसी च्यालेन्ज कपमा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए । सोही खेलमा घाइते भएका किरणले त्यो बेला आफ्नो करिअर समाप्त भएको सोचेका थिए । तर, आफूले फाइट गरेर आफूलाई खेलमा फर्काउन सफल भएको बुधबारको प्रि-म्याच पत्रकार सम्मेलनमा बताएका थिए ।

पछिल्लो समय नेपालको कप्तानी गरिरहेका किरणले थप एक खेल खेल्दा यो कीर्तिमान उनको एकलौटी बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *