माधव नेपालले भने- हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ (भिडियो) – Nepal Press

माधव नेपालले भने- हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ (भिडियो)

अष्टलक्ष्मी मेरै चाहना अनुसार मुख्यमन्त्रीमा जानुभएको हो

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै चाहना र सुझाव अनुसार अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्न गएको बताएका छन् ।

चन्द्रागिरी रिसोर्टमा दुई दिनदेखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले आफूहरूसँग केन्द्रीय कमिटी र संसद दुवैमा २० प्रतिशतभन्दा बढी सदस्य भएको दावी गरे ।

‘हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेपालले नेपालको भनाइ उद्धृत गर्दै भने, ‘ त्यो षड्यन्त्रलाई हामी चिर्छौं । कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने हाम्रो अभियान जारी रहनेछ ।’

नेपालले यो कुनै पदका लागि, निजी लडाइँ नभइ मूल्य मान्यताको भएको बताए । एमालेबाट निष्कासन गरिएपछि आफूहरूसँग नयाँ पार्टी गठनको विकल्प नरहेको उनले बताए ।

जारी बैठकमा पार्टीको अन्तरिम विधान, घोषणा पत्र र नियामावली पेस भएका छन् । बैठकबाट ती सबै पारित हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर