माओवादी महिला सांसदको विरोधले मन्त्री बन्न पाइनन् विमला – Nepal Press

माओवादी महिला सांसदको विरोधले मन्त्री बन्न पाइनन् विमला

रूपन्देही । एमाले छाडेर माओवादी क्याम्पमा पुगेकी सांसद विमला वलीलाई बिहीबार मन्त्री बनाउने गठबन्धनका नेताहरूले तयारी गरेका थिए । धेरै नेतालाई यो विषय थाहा नभए पनि उनलाई दिइएको वचन पूरा गर्न त्यो सहमति भएको थियो ।

मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाउन माओवादीकै केही महिला सांसदले दवाव दिए र सपथ पनि समयमा शुरू भएन ।

माओवादी निकट महिला सांसदले असहमति जनाएपछि मन्त्री हुनेहरुको सूचीबाट उनको नाम हटाइएको हो।

एमालेले आफ्नो सांसद दावी गर्दै आएकी बिमला खत्री वलीलाई एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेबापत मन्त्री बनाउने आश्वासन दिएको चर्चा चलेको थियो।

नेकपा माआवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको मुख्यमन्त्रीमा दावी पेस भएसँगै बिमला वली मन्त्री बन्ने निश्चितजस्तै भएको गठबन्धनका नेताहरुले संकेत गरेका थिए ।

सांसद विमला वली ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखर्चका फखरुद्धिन खानले बिमला वली बिना बिभागीय मन्त्री बन्ने निश्चित भएको बताएका थिए।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले समेत बिमला वली विनाविभागीय मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिएका थिए।

तर माओवादीबाट निर्वाचित सांसदहरुले आफूहरु संघर्षको मैदानबाट आएको जीवनको लामो समय पार्टीका लागि खर्चेको भए पनि भर्खरै प्रवेश गरेकाहरुलाई मन्त्री बनाउ नहुने भन्दै असन्तुष्टि जनाएका कारण नाम हटाउनुपरेको गठबन्धनमा मन्त्रीहरुको नाम तय गरेका एक नेताले बताए।

‘आन्तरिक किचलो हुँदा बिमला जी मन्त्री बन्न पाउनु भएन, अबको पुर्नगठनमा पर्नुहुन्छ, उनले भने। एमालेले उनीसहित अजय शाहीलाई कारबाही गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर