पारसले भने : हार्ली डेभिड्सन चलाउँदा हेलमेट लगाउनु पर्दैन ! – Nepal Press

पारसले भने : हार्ली डेभिड्सन चलाउँदा हेलमेट लगाउनु पर्दैन !

काठमाडौं । हेलमेट लगाउन आग्रह गर्दा उल्टै प्रहरीलाई हातपात गरेका पूर्वयुवराज पारस शाहले हार्ली डेभिड्सन मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु नपर्ने भन्दै आफ्नो बचाउ गरेका छन् ।

आफूले चलाउने पारस शाह ज्याक नामक फेसबुक ह्यान्डलमा शनिबार एक स्टोरी पोस्ट गर्दै शाहले लेखेका छन् : यो मेरो जीवन हो । अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेलमेट लगाउँदैनन् ।’

हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई शुक्रबार साँझ ७ बजेतिर काठमाडौंको चक्रपथ नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले उद्दण्डता देखाएका थिए ।

सार्वजनिक भएको भिडिओमा प्रहरीले सम्झाइबुझाइ गर्दा उल्टै प्रहरीलाई धम्काउने कार्य शाहले गरेका थिए । यो घटनालाई लिएर सामाजिक संजालमा निकै चर्चा परिचर्चा भैरहेको छ ।

पारस शाहले हार्ली चलाउँदा अमेरिकामा कसैले पनि हेलमेट लगाउँदैनन् भनेर दावी गर्न खोजेपनि त्यो पूर्णतः सही होइन । अमेरिकाको २२ वटा राज्यमा हेमलेटलाई अनिवार्य गरिएको छैन । नौवटा राज्यमा १७ वर्षभन्दा माथिकालाई हेमलेट लगाउनुपर्ने नियम छ । १९ राज्यमा हेलमेट अनिवार्य गरिएको छ ।

यो पनि पढ्नुहोस :

नारायणगोपाल चोकमा पारसको उद्दण्डता, हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात (भिडियो)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर