नारायणगोपाल चोकमा पारसको उद्दण्डता, हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात (भिडियो) – Nepal Press

नारायणगोपाल चोकमा पारसको उद्दण्डता, हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात (भिडियो)

काठमाडौं । बेलाबेला उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले आज फेरि प्रहरीसँग लफडा गरेका छन् । हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई अघि साँझ साढे ७ बजेतिर नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले उद्दण्डता देखाएका हुन् ।

सञ्चारकर्मी गणेश बुढाले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन् । प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालय महाराजगञ्जले भने यो त्यस्तो ठूलो घटना नभएको बताएको छ ।  त्यहाँका एक अधिकारीले नेपाल प्रेससँग भने, ‘खासै ठूलो घटना होइन । चार/पाँच मिनेटको घटना हो । सम्झाईबुझाई पठाइदिएका छौ । अहिले सबै ठीक भइसक्यो ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता एसपी सञ्जिव शर्मा दासले धेरै सञ्चारकर्मीको फोन आए पनि घटनाबारे जानकारी नभएको बताए । उनले नेपाल प्रेससँग भने, ‘तपाईंजस्तै धेरैजनाको फोन आयो । मलाई पनि जानकारी छैन । महाराजगञ्जको ट्राफिकसँग बुझ्दा पनि जानकारी छैन भन्ने खबर आयो । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पनि बेखबर छ ।’

तर आफूले भिडियो भने भर्खरे हेरेकोले यसबारेमा बुझिरहेको एसपी दासले बताए ।


प्रतिक्रिया

4 thoughts on “नारायणगोपाल चोकमा पारसको उद्दण्डता, हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात (भिडियो)

    1. को हो सर्वोच्च व्यक्ति ? कहाँको सर्वोच्च व्यक्ति ? अनि नियम कानून भन्ने मान्छे अनुसार फरक फरक हुन्छ ?

  1. पारस जस्तो एउटा गुण्डाका पछाडि लागेर पारस दाईलाई गाडी चाहियो भन्दै केटाहरु उफ्रिनु , पारसले आफ्नो हैसियत गुमाउनु दुखद कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *