जग्गा विवादमा बुवाको हत्या, छोरा पक्राउ – Nepal Press

जग्गा विवादमा बुवाको हत्या, छोरा पक्राउ

जनकपुरधाम । धनुषाधाम नगरपालिका १ काशीपुरका श्रीकृष्ण यादवले बिहीवार राति आफ्नै बुवा बिसो यादवको हत्या गरेका छन् ।

ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार घरमै सुतिरहेका बेला मुसल(मसला कुट्ने)ले हानेर श्रीकृष्णले बुवाको हत्या गरेको प्रारम्भिर अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी छोरा ३५ वर्षीय श्रीकृष्णलाई घरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

जग्गाको विवादमा श्रीकृष्णले बुवाको हत्या गरेको स्थानीय बताउँछन् । मृतक बिसोका तीन छोरा छन् । जसमध्ये जेठो छोरा गाउँमै र माइलो काठमाडौंमा बस्छन् । हत्या आरोपमा पक्राउ परेका छोरा कान्छो भएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका बिसोको शव प्रहरीले मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर