पोखरा स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त – Nepal Press

पोखरा स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त

पोखरा । पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् ।

सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चार वर्षे कार्यकालका लागि डा. नागिलालाई डिन नियुक्त गरेको हो ।

थाइल्यान्डको माइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका डा नागिला , गण्डकी मेडिकल कलेजमा केही समय अध्यापन गरेका थिए ।

उनले २ वर्ष देखि पोखरा विश्वविद्यालयमा सह प्राध्यापकको रुपमा अध्यापन गरिरहेका थिए । डा. नागिला गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का सञ्चालक समेत हुन्।

उनको प्रयोगशालाले अहिले निजिस्तरबाट गण्डकी प्रदेशमा कोरोना परिक्षण गरिरहेको छ । उनको प्रयोगशालाबाट गण्डकीका सासंद खिमविक्रम शाहीको कोराना रिपोर्ट पोजेटिभ आएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *