नेपाल प्रहरीको ‘तपाईंको मास्क खै ?’ अभियान देशव्यापी रुपमा सञ्चालन – Nepal Press

नेपाल प्रहरीको ‘तपाईंको मास्क खै ?’ अभियान देशव्यापी रुपमा सञ्चालन

१२ हजार भन्दा बढीलाई मास्क वितरण, करिव २४ हजार होल्डिङ सेन्टरमा, मापदण्ड उल्लंघन गर्ने करिव १५ सयलाई जरिवाना

काठमाडौं । नेपाल प्रहरीले देशव्यापी अभियान तपाईको मास्क खै अभियान सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार ७ वटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय र ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा ति मातहत रहेका कार्यालयलय एकैसाथ अभियान सञ्चालन गरेका हुन् ।

कोरोनाको संक्रमण रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले अभियान सञ्चालन गरेको नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई जानकारी दिएन ।

उनका अनुसार अभियानमार्फत पछिल्लो २४ घण्टामा मात्र ११ हजार ७ सय २२ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरिसकेको छ ।

उनले भने, ‘मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ सेन्टरमा रोखेर सम्झाई बुझाई पठाइएको छ । साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।’

मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको प्रवक्ता कुवँरले बताए । कोरोना संक्रमणको दोस्रो लहरबाट हुन सक्ने समस्या र चुनौतीलाई ध्यान दिएर यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएका छन् ।

नेपाल प्रहरीले विभिन्न स्थानमा कोरोनाको जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम संचालन गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिइएको नेपाल प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर