उद्योग वाणिज्य महासंघकाे अनुशासन समिति गठन, सभापतिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ – Nepal Press

उद्योग वाणिज्य महासंघकाे अनुशासन समिति गठन, सभापतिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अनुशासन समिति गठन गरिएको छ । सो समितिमा महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ सभापति रहेको छन् । यसैगरी, उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेका छन् ।

महासंघको विधानको दफा३८९क०अनुसार समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ। समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर