दुर्घटना अपडेट: बाँकेको कोहलपुरमा बस र टिपर ठोकिँदा ५ को मृत्यु, ४१ घाइते – Nepal Press

दुर्घटना अपडेट: बाँकेको कोहलपुरमा बस र टिपर ठोकिँदा ५ को मृत्यु, ४१ घाइते

रूपन्देही । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु हुनुको साथै ४१ जना घाइते भएका छन् ।

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे रोहिणी खोलानजिक एक आपसमा ठोकिदा ४ पुरुष सहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको हो । सुर्खेत साटाखानी निवासी जीवन कुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारजनाको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

घाइतेहरुलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पुर्याईएको छ । अन्य मृतकको अझै सनाखत हुन सकेको छैन । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर, १४ जनाको मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

दुर्घटनामा घाइते भएका ब्यक्तिहरुको उद्धारका लागि २ क्रेन र ३ स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर