सुनको आयत बढाइयो, दैनिक २० किलो ल्याउन पाइने – Nepal Press

सुनको आयत बढाइयो, दैनिक २० किलो ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ । राष्ट्र बैंकले विहीबार एक परिपत्र जारी गर्दै सुनको आयत कोटा बढाएर २० किलो पुर्‍याएको छ ।

कोरोना महामारी अघि सुन आयत दैनिक माग धेरै हुने समयमा २५ केजी र सुख्खा समयमा प्रतिदिन २० केजी आयत गर्न पाइन्थ्यो ।

तर कोरोनाको कारण देखाउँदै सरकारले सुनको आयतमा आधा नै परिमाण घटाएर १० केजीमा झारेको थियो ।

नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका अनुसार सुन आयत तथा बिक्री वितररण सम्मबन्धि कार्यविधि २०६८ लाई शंसोधन गरेर ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई आयत कोटा बढाउन अनुमति दिएको हो ।

यस अघि सुनको कोटा बढाउनु पर्‍यो भनेर नेपाल सुनचँदी व्यवसायी महासंघका पदाधिकारीले माग गरेका थिए ।

महासंघले दैनिक ३० किलो सुन आयात गर्न पाउनु पर्ने सरकार समक्ष माग राखेका थिए । तर, राष्ट्र बैंकले २० केजी मात्र आयात गर्न दिने परिपत्र जारी गरेपछि महासंघका पदाधिकारी भने सन्तुष्ट छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर