माधव नेपालको घोषणा- चाँडै केन्द्रमा पनि एमालेको नयाँ कमिटी बनाउछौं – Nepal Press

माधव नेपालको घोषणा- चाँडै केन्द्रमा पनि एमालेको नयाँ कमिटी बनाउछौं

कास्की । नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले अब चाँडै केन्द्रमा पनि केपी ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन हुने घोषणा गरेका छन् ।

बिहीबार बिहान पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताए । नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’

नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडग्ने बताए ।

एमालेले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ । नेपालसँगै अर्का नेता सुरेन्द्र पाण्डे पनि कास्की पुगेका छन् ।

याे पनि पढ्नुहाेस् :

माधव नेपालले पोखराबाट थाले समानान्तर अभियान,धनराज आचार्य कास्की अध्यक्ष घोषित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर