माधव नेपालले पोखराबाट थाले समानान्तर अभियान,धनराज आचार्य कास्की अध्यक्ष घोषित – Nepal Press

माधव नेपालले पोखराबाट थाले समानान्तर अभियान,धनराज आचार्य कास्की अध्यक्ष घोषित

काठमाडौं । नेकपा एमालेबाट निलम्बित भएका नेता माधवकुमार नेपालले पोखरा पुगेर समानान्तर कमिटी गठनको अभियान घोषणा गरेका छन् ।

नेपाल र अर्का नेता सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको भेलाले कास्कीमा समानान्तर कमिटी घोषणा गरेको छ । समानान्तर कमिटीको अध्यक्षमा धनराज आचार्य र सचिव होमवहादुर नेपाली घोषित भएका छन् ।

७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित सिंगो टिम घोषणा गरिएको नेताहरुले बताएका छन् ।

नेकपा एमालेको कास्की जिल्ला अध्यक्ष कृष्ण थापा छन् ।

कास्कीमा जिल्ला कमिटीदेखि सबै जनप्रतिनिधिहरु संस्थापन पक्षमा छन् ।

नेपालले आफ्नो समूह कमजोर रहेको जिल्लाबाट समानान्तर कमिटी थालेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर