सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु – Nepal Press

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ख बर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक विच इक्विजिसन भएपश्चात चैत्र १४ गते बाट एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालयले प्राप्तिका लागि स्वीकृति दिएपछि एकीकृत कारोबार आजबाट सुरु भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका थिए। २०७७ चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव एक खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १३ अर्ब रहेको छ ।

प्राप्ति पश्चात बैंकको शाखाको संख्या एक सय ६६ पुगेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बिच एक बराबर ०.९६ स्वाप रेसियो कायम गर्ने गरी प्राप्ति भएको थियो । जसनुसार तिनाउका लगानीकर्ताले आफ्नो एक सय कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता सेयर प्राप्त गर्ने बैंकले जनाएको छ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी नाै अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्क मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृद्ध हुने भएको बताएका थिए । यसले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास लिएको उनको भनाई थियो ।

त्यसै गरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका जीवन प्रसाद ओझाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।

कार्यक्रमलाई सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा बताए ।

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रम संचनलन गर्ने बताएका थिए । प्राप्ति अघि यस बैंकले करिव साढे लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दे आएकोमा अब करिव नाै लाख ५० ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । यस प्राप्ति पश्चात सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा उपस्थिति झन् दरिलो भएको छ ।

२०६४ बैशाख सात गते देखि २० औ वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस अगावै नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ भने सहयोगी विकास बैंक लिमिटेड र बिराटनगर प्रधान कार्यालय रहेकोसिर्जना फाइनान्स लिमिटेडसँग यही माघ २८ गते प्राप्तिका लागि सहमति गरिसकेको छ ।

एकीकृत कारोवार सुरुवात गरेसँगै यस बैकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने अभिप्रायले जनचेतनामुलक श्रब्य दृश्य सामाग्री पनि सार्वजनिक गरेको छ । बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधालाई समेटेर निर्माण गरिएको श्रब्य दृश्य सामाग्रीले सर्वसाधारण तथा बैंकको ग्राहकहरुको वित्तीय सारक्षता अभिबृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर