नेपाल सुपर लिग: विराटनगरको मार्की प्लेयरमा रन्जित धिमाल – Nepal Press

नेपाल सुपर लिग: विराटनगरको मार्की प्लेयरमा रन्जित धिमाल

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगका लागि विराटनगरले राष्ट्रिय टोलीका खेलाडीसमेत रहेका रन्जित धिमाललाई मार्की प्लेयरको रूपमा अनुबन्ध गरेको छ ।

आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने लिगका लागि विराटनगरले बिहीबार रन्जितलाई सार्वजनिक गरेको हो । नेपाल सुपर लिगमा ‘सिटी बेस्ड’ सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइजका लागि बाँकी खेलाडीको अक्सन भोलि हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *