प्रमोद र छुल्ठिमको फिल्म ‘ए’ छायांकन मंगलबारदेखि, यस्तो छ अग्रहरिको जासुसी लुक्स – Nepal Press

प्रमोद र छुल्ठिमको फिल्म ‘ए’ छायांकन मंगलबारदेखि, यस्तो छ अग्रहरिको जासुसी लुक्स

काठमाडौं- अभिनेता प्रमोद अग्रहरी नेफ्टा फिल्म अवार्ड सेरेमोनीमा भिन्न लुक्समा भेटिए । लामो दाह्री र खिरिलो ज्यानको अवतारमा उनको लुक्स स्टाइलिस देखिन्थ्यो ।

दाह्री र ज्यान बनाउनु चाहिँ उनको सौख होइन । बरु, मंगलबारदेखि छायांकन सुरु हुने फिल्म ‘ए’ को पात्र लुक्सका लागि उनले यस्तो गेटअप बनाएका हुन् ।

सस्पेन्स थ्रीलर बताइएको यो फिल्ममा प्रमोदलाई एक जासुसी पात्रको रुपमा देख्न सकिन्छ । झमकबहादुर फेम्ड निर्देशक बोमन कटुवालले निर्देशन गर्ने फिल्ममा प्रमोद एक मुख्य पात्र हुन् ।

सोहित मानन्धर, प्रवीण खतिवडा, रिस्ता बस्नेत, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ । सोहितले यसमा प्रहरी अधिकृतको भूमिका निर्वाह गर्दैछन् ।

मंगलबार पाटनदेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र बनेपा लगायतका थलोमा हुनेछ । प्रल्हाद काफ्ले निर्माता हुन् । अग्रहरि अभिनित अन्य दुई फिल्म मन्द मन्द र एक वर्ष २०७८ मा प्रदर्शन तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *